You are viewing the translated version of आशयपत्रको मूल्याङ्कन तथा छनौट;.
Rule 19
आशयपत्रको मूल्याङ्कन तथा छनौट;
(१) नियम १७ बमोजिम सम्बन्धित निकायमा पेश भएका आशयपत्रको मूल्याङ्कन नियम ३० बमोजिमको मूल्याङ्कन समितिले गर्नछ।
(२) मूल्याङ्कन समितिले सम्बन्धित निकायले कुनै परियोजनाको लागि आशयपत्रको मूल्याङ्कनको विधि, शर्त र तरिका निर्धारण गरेको भए सोही आधारमा मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम कुनै विधि, शर्त र तरिका निर्धारण नगरेको अवस्थामा सम्बन्धित निकायले आशयपत्र आह्वान सम्बन्धी कागजातमा उल्लिखित छनौटका आधार बमोजिम आशयपत्र पेश गर्ने लगानीकर्ताको प्राविधिक तथा आर्थिक क्षमता र अनुभवको मूल्याङ्कन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मूल्याङ्कनको लागि एक सय अङ्कमा नबढ्ने गरी परियोजनाको प्रकृति अनुसार देहायका विषयमा देहाय बमोजिम अङ्क विभाजन गरी सो बमोजिमको अङ्क दिइनेछ:ः-
(क) प्राविधिक क्षमता बापत तीस देखि पचास अङ्ग,
(ख) आर्थिक क्षमता बापत बीस देखि चालीस अङ्क,
(ग) अनुभव बापत दश देखि तीस अङ्क ।
(५) उपनियम (४) बमोजिम मूल्याङ्कन गर्दा देहायको आधारमा गरिनेछः- (क) आशयपत्रदाताको प्राविधिक क्षमताको मूल्याङ्कन गर्दा सो परियोजनाको कार्यान्वयनको लागि कुनै यन्त्र, उपकरण, फर्मुला, बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार, विशिष्टता वा जनशक्ति चाहिने भए निवेदकसँग रहेको त्यस्तो यन्त्र, उपकरण, बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार, विशिष्टता वा जनशक्ति,
(ख) आशयपत्रदाताको आर्थिक क्षमताको मूल्याङ्कन गर्दा परियोजनाको सर्वेक्षण, सञ्चालन तथा मर्मत सम्भारको लागि आवश्यक आर्थिक क्षमता भए वा नभएको र त्यस्तो आशयपत्रदाता कम्पनी-वा संस्था भए सोको वित्तीय विवरणको आधारमा त्यस्तो कम्पनी वा संस्थाको वित्तीय स्रोतबाट परियोजनाको लागि व्यहोर्ने रकम, क्रण-वा इक्विटी रकम,
(ग) आशयपत्रदाताको अनुभवको मूल्याङ्कन गर्दा निजले कुनै परियोजनाको निर्माण, सञ्चालन तथा कार्यान्वयन गरेको र त्यस्तै प्रकृतिको अन्य परियोजना निर्माण, सञ्चालन तथा कार्यान्वयन गरेको अनुभव,
(घ) परियोजनालाई बढी सम्भाव्य बनाउन पेश गरिएका अन्य आवश्यक कुरा ।
(६) उपनियम (५) बमोजिम मूल्याङ्कन गर्दा मूल्याङ्कन समितिले साढी प्रतिशत वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने मध्येबाट अधिकतम झङ्क प्राप्त गर्ने बढीमा छ वटा आशयपत्रदाताको संक्षिप्त सूची तयार गरी छनौटको लागि सिफारिस सहितको प्रतिवेदन पेश गर्नु पर्नेछ: ।
(७) उपनियम (६) बमोजिम पेश गरिएको प्रतिवेदनका आधारमा सम्बन्धित निकायले संक्षिप्त सूची स्वीकृत गर्न सक्नेछ ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लगानी प्रवर्द्धन गर्ने सन्दर्भमा सम्बन्धित निकायको निर्णय अनुसार नियम १६ बमोजिम प्रस्तुतीकरण (सो केस) गरिएका परियोजनाको लागि पेश हुन आएका आशयपत्रको छनौट त्यस्तो प्रस्तुती गर्दा उल्लेख गरिएका शर्तका आधारमा गर्नु पर्नेछ।
(९) यस नियम बमोजिम आह्वान गरिएको सूचनामा एक मात्र आशयपत्र पेश भएमा पनि त्यस्तो आशयपत्र मूल्याङ्कन गर्न सकिनेछ ।